News
नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
काठमाडौ । एएफसी महिला एसियन कप छ्नौट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
महिला टोलीलाई विमानस्थलमा एन्फा महासचिव किरन राई, एन्फा प्रवक्ता सुरेश साह लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
यद्यपि टोलीसँगै मुख्य प्रशिक्षक प्याट्रीक डि विल्डे भने नेपाल फर्केका छैनन । विल्डे एसियन कप छ्नौट पश्चात् त्यतैबाट बेल्जियम फर्किएको बताईएको छ ।
स्मरण रहोस, एएफसी महिला एसियन कप छ्नौट प्रतियोगितातर्फ निर्णायक मानिएको खेलमा नेपाल घरेलुु टोली उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित भएपछी छ्नौट प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश