News ३८ औं गर्भनर्स गोल्डकप : डोनाको ह्याट्रिकसहित मनाङ फाइनलमा
गोलनेपाल

मनाङ मस्र्याङ्दी क्लब भारतको सिक्किममा जारी ३८ औं अल इण्डिया गर्भनर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार गांगतोकस्थित पाल्जोर स्टेडियममा सम्पन्न दोसे सेमिफाइनलमा मनाङले चर्चित इण्डियन सुपर लिग क्लब एटलेटिको डि कोलकाताको रिजर्व टोलीलाई ६–२ ले हरायो । मनाङको जितमा डोना थापाले ह्याट्रिक गरे ।

त्यस्तै अन्जन बिष्ट, बिमल राना र सुजल श्रेष्ठले एक–एक गोल गरे ।

मनाङले अब फाइनलमा आर्मी रेडसँग शनिबार उपाधिका लागि भिड्नेछ ।

आर्मीले पहिलो सेमिफाइनलतर्फ सिक्किम आक्रमणलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments
Advertisement Yamaha Nepal