News
मच्छिन्द्रको लगातार दोस्रो र फराकिलो जित
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगितातर्फ मच्छिन्द्र फुटबल क्लबले मंगलबार लगातार दोस्रो र फराकिलो जित हात पारेको छ ।
दिनको दोस्रो खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाईज युनाईटेडलाई ७-० को फराकिलो अन्तरले हरायो । मच्छिन्द्रको जितमा किरन धामी र सुमन ठकुरीले समान २/२ गोल गरे । त्यस्तै बिकास थापा, राहुल योञ्जन र आर्यबिर सिंहले समान १/१ गोल गरे ।
आफ्नो पहिलो खेलमा एपिएफलाई हराएको मच्छिन्द्रको ६ अंक भएको छ । उता प्लानिङ ब्वाईजको भने ३ अंक मात्र छ । प्लानिङ ब्वाईजले आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई हराएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा