News
नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ उपाध्यक्ष दावा लामा, महासचिव किरन राई, एन्फा प्रवक्ता सुरेश साह लगायतले टोलीको बिदाई गरे ।
यही जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान र श्रीलंका सहभागी हुनेछन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा