News
युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
काठमाडौं । आफ्नो पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको चच ब्वाईज युनाइटेडले जारी एन्फा यु-१६ युथ लिगतर्फ शुक्रबार पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले प्लानिङ ब्वाईज युनाईटेडलाई ९-० को फराकिलो अन्तरले हराउँदै सिजनको पहिलो जित दर्ता गर्यो ।
चर्च ब्वाईजका लागि सुशन थापा मगरले पाँच गोल गर्दा स्वप्निल दाहालको नाममा पनि ह्याट्रीक रह्यो । थप एक गोल भने प्लानिङ ब्वाईजले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
यो नतिजापछी चर्च ब्वाईजको खातामा तीन अंक जोडिएको छ । उता पराजित प्लानिङ ब्वाईजको पनि तीन खेलबाट समान ३ अंक रहेको छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने