काठमाडौं । एन्फा यु-१६ युथ लिगतर्फ सोमबार शुरुवाती दुई खेलहरुमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले जित हात पार्दै आ-आफ्नो खातामा तीन/तीन अंक जोडेका छन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनाङले चर्च ब्वाईज युनाईटेडलाई ४-३ ले पराजित गर्यो । मनाङको जितमा राम आर्जेलले दुई गोल गर्दा रोहन थापा र धर्बिन्द्र बोहराले समान १/१ गोल गरे । उता पराजित चर्च ब्वाईजका लागि सुशान थापाले दुई गोल गर्दा थप एक गोल सुजित लामाले गरे ।
यो जितपछी हालसम्म अपराजित रहेको मनाङ १० अंकका साथ शिर्ष तीन कै होडमा छ । उता पराजित चर्च ब्वाईज भने ३ अंकका साथ दशौं स्थानतिर झरेको छ ।
सोमबार नै सम्पन्न अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले हरायो ।
फ्रेन्डसको जितमा पुरन श्रेष्ठ र मनदिप ढुंगेलले गोल गरे । थप एक गोल भने फ्रेन्ड्सले आत्मघाती गोलका रुपमा पाएको थियो ।
यो जितपछी चार खेलबाट ९ अंल जोडेको फ्रेन्ड्स लिगतालिकाको चौथो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको आर्मी भने ११औं स्थानमा झरेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा