News फ्रेण्डसको जित, मच्छिन्द्र र चर्छ ब्वाईजको बराबरी
गोलनेपाल

काठमाडौं । एन्फा यु-१६ युथ लिगतर्फ शुक्रबार फ्रेन्डस क्लबले जित हात पार्दा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन ।

एन्फा कम्प्लेक्सको खेलमैदानमा सम्पन्न खेलमा फ्रेन्डसले जावलाखेल युथ क्लबलाई ३-१ ले हरायो । फ्रेन्ड्सको जितमा आर्यनकाजी थापा, पुर्ण श्रेष्ठ र मन्दिप ढुंगेलले गोल गरे । पराजित जावलाखेलका लागि भने सुमित वाईबाले एक मात्र गोल फर्काएका थिए ।

यो जितपछी ६ खेलबाट १३ अंक जोडेको फ्रेन्डस लिगतालीकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित जावलाखेल भने ७ अंकका साथ सातौं स्थानमा छ ।

शुक्रबार नै भएको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Post Comments