News संकटासँग मनाङ पराजित, प्लानिङ ब्वाईजसँग आर्मी स्तब्ध
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ संकटा फुटबल क्लब शिर्ष तीनभित्र उक्लिदा प्लानिङ ब्वाईज युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले मनाङ मस्र्याङदी क्लबलाई २–० ले हरायो । संकटाको जितमा नवराज तिरुवा र प्रज्ज्वल लुम्रेले गोल गरे ।

यो जितसँगै ६ खेलबाट १५ अंक जोडेको संकटा लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र शिर्ष स्थानको टोली पुलिस भन्दा एक अंकले मात्र पछाडी छ । उता पराजित मनाङ भने ११ अंकका साथ पाँचौं स्थानमा छ ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा प्लानिङ ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । यो जितपछि प्लानिङ ब्वाईज ६ खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ । पराजित आर्मी भने ३ अंकका साथ १३औं स्थानमा छ ।

Post Comments