News राजिवको ह्याट्रिकसहित वडा नम्वर ३ सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर ३ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियागितामा बिहीबार वडा नम्वर ७ माथि ८–० को फराकिलो जित निकाल्दै वडा नम्वर ३ समूह ‘ए’ को विजेता बनेको हो । यो समूहबाट वडा नम्वर ३ ले पनि समूह उपविजेताको रुपमा सेमिफाइन्लमा स्थान बनाउदा वडा नम्वर ७ प्रतियोगिताबाट बाहिरिएको छ ।

टोखास्थित भुतखेल मैदानमा वडा नम्वर ३ को फराकिलो जितमा राजीव डंगोलले ह्याट्रिक पुरा गरे । त्यस्तै निराजन डंगोलले दुई तथा सनम श्रेष्ठ, सुविन्द्र श्रेष्ठ र योगेश श्रेष्ठले समान एक–एक गोल गरे ।

बिहीबारै भएको अर्काे खेलमा वडा नम्वर ८ ले वडा नम्वर ४ माथि ५–० को जित निकाल्दै समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ । वडा नम्वर ८ को फराकिलो जितमा अनिल थापाले ह्याट्रिक पुरा गर्दा नर बहादुर गुरुङ र बिकास कार्कीले समान एक–एक गोल गरे ।

यो जितसँगै वडा नम्वर ८ को २ खेलबाट ४ अंक पुगेको छ । समान खेलबाटै वडा नम्वर २ को ४ अंक छ । वडा नम्वर ४ प्रतियोगिताबाट बाहिरिदा वडा नम्वर १, २ र ८ को सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । प्रतियोगितामा शुक्रबार लिग चरणको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा वडा नम्वर २ र ४ तथा दोस्रो खेलमा वडा नम्वर ८ र १ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बिहीबार दुई खेल हुनेछ ।

वडा नम्वर ८ र ४ तथा वडा नम्वर ७ र ३ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

Post Comments