News प्रथम सुर्यमुखी कपः चौपारी समुह, न्यु एभरेष्ट र नमुना युथ (बी) विजयी
सुरज राना मगर

सुन्दरनगर । रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा चौपारी समुह, न्यु एभरेष्ट युवा क्लब र नमुना युथ क्लब (बी) ले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा भएको पहिलो खेलमा चौपारी समूहले सृजनशील युवा क्लबलाई ३–१ ले हरायो । खेलमा चौपारी समूहका अस्मित शर्मा म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा न्यु एभरेष्टले शान्ती सिद्धार्थ युवा क्लबलाई ३–० को अन्तरले पराजित गर्यो । खेलमा न्यु एभरेष्टका अजय नेपाली म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा नमुना युथ (बी) ले चरङ्गे फुटबल क्लबलाई २–१ ले निराश तुल्यायो । खेलमा नमुना युथका मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए ।

सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।

Post Comments