News
पुर्णिमालाई गोल्डेन बुट, सगोरिकालाई गोल्डेन बल
काठमाडौं । सोमबार सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपतर्फ नेपालकी उदियमान फरवार्ड पुर्णिमा राईले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेकी छिन् ।
प्रतियोगिताभरि कुल १० गोल गरेकी पुर्णिमाले त्यसवापत गोल्डेन बुट हात पारेकी हुन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने फाइनलमा एक्लैले चार गोल गरेकी बंगलादेशकी मोसम्मत सगोरिका घोषित भईन् । उनले त्यसवापत गोल्डेन बल हात पारिन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षक पनि घरेलु टोली बंगलादेश कै माइल अक्तर चुनिईन् । त्यसवापत उनले गोल्डेन ग्लोब अवार्ड हात पारिन् । प्रतियोगिताको फेयर प्ले टिम भने श्रीलंका बन्यो ।
स्मरण रहोस, सोमबार सम्पन्न निर्णायक खेलमा नेपालले बंगलादेशससँग ०–४ को हार बेहोरेको थियो । बंगलादेशको जितमा चारै गोल सगोरिकाले गरेकी थिईन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल