News आर्मीको दोस्रो जित, मनाङ र पुलिस पनि सफल
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत खराब लयमा देखिएको त्रिभुवन आर्मी फुटबल क्लबले शुक्रबार दोस्रो जित दर्ता गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले पुछारको टोली सातोबाटो युथ क्लबलाई ३–१ को अन्तरले हरायो । यो जितपछि ८ खेलबाट ६ अंक जोडेको आर्मी शिर्ष दशभित्र उक्लिन प्रयासरत छ । उता अंकविहीन सातदोबाटो पुछार मै संघर्षरत छ ।

त्यस्तै अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबमाथि ४–२ को जित हात पार्यो । यो जितपछि ८ खेलबाट १७ अंक जोडेको मनाङ लिगतालिकाको शिर्ष तीनमा उक्लिएको छ । पराजित शेर्पा भने १० अंकका साथ आठौं स्थानमा छ ।

त्यसैगरी शुक्रबारको तेस्रो खेलमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई ३–० को अन्तरले पराजित गर्यो । यो जितपछि ८ खेलबाट २२ अंक जोडेको पुलिस शिर्षता कै होडमा छ । पराजित भगवती भने ६ अंकका साथ पुछारतिरै संघर्षरत छ ।

Post Comments