News एजी टेन फुटबल एकेडेमीलाई डाना कपमा प्ले अफ बी तर्फको उपाधी
गोलनेपाल

काठमाडौं । डेनमार्कमा भएको प्रतिष्ठित डाना कप यु-१४ तर्फ प्ले अफ बी क्याटगोरीको उपाधी नेपालको एजी टेन फुटबल एकेडेमीले जितेको छ ।

प्ले अफ बी तर्फको फाइनलमा एजी टेनले केन्याको टोलीलाई ३-० ले हराउँदै उपाधी जित्न सफल भएको हो । नेपाली टोलीका लागि रिहान बुढा मगर, नोआह राई र अरनिस गुप्ताले गोल गरे ।

स्मरण रहोस, एजी टेन फुटबल एकेडेमी नेपालकै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा कप्तान अनिल गुरुङद्वारा सञ्चालित एकेडेमी समेत हो ।

Post Comments