News
फिफाको 'फुटबल फर स्कुल' कार्यक्रम यही साउन१५ गतेदेखि
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको 'फुटबल फर स्कुल' कार्यक्रम नेपालमा यही साउन १५ गते (जुलाई ३१ तारीख) देखि शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन भने दशरथ रंगशालामा दिउँसो १ बजेदेखी शुरु हुनेछ । यो कार्यक्रम नेपालको ७७ वटै जिल्लाहरूमा पुर्याईने एन्फाले जनाएको छ ।
त्यसक्रममा फिफाद्वारा उपलब्ध गराईएको ३२,६४० थान बलहरु पनि विद्यालयहरुलाई हस्तान्तरण गरिनेछ । यो अभियानले फुटबललाई विद्यालय शिक्षा प्रणालीमा समेट्ने लक्ष्य समेत लिईएको छ ।
साथै यो कार्यक्रमले शिक्षा र फुटबललाई ग्रासरुट लेभलबाटै संयोजन गरेर फुटबल विकासमा थप टेवा पुग्ने विश्वास समेत गरिएको छ ।
त्यस्तै सोही अवसरमा उद्घाटन कार्यक्रममा चर्चित गायिका आस्था राउतले पनि विशेष साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि