काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ आइतबार सम्पन्न भएका तीन खेलहरु मध्ये दुई खेलमा फ्रेण्डस क्लब र एनआरटीले जित हात पार्दा साविक विजेता चर्च ब्वाईज युनाइटेड र संकटा फुटबल क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डस क्लबले एपिएफ फुटबल क्लबलाई ३–१ ले हरायो । यो जितपछि ९ खेलबाट १९ अंक जोडेको फ्रेण्डस लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित एपिएफ भने १५ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा एनआरटीले प्लानिङ ब्वाईज युनाइटेडमाथि ५–१ को प्रभावशाली जित निकाल्यो । यो जितपछि ९ खेलबाट ८ अंक जोडेको एनआरटी शिर्ष दशभित्र उक्लिएको छ । उता पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ पुछारतिर १३औं स्थानमा संघर्षरत छ ।
त्यसैगरी आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाईज युनाइटेड र संकटा फुटबल क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ९ खेलबाट १९ अंक जोडेको संकटा शिर्षता कै होडमा छ । उता चर्च ब्वाईज भने १४ अंकका साथ सातौं स्थानमा छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने