काठमाडौं (एजेन्सी) । एक गोलले पछि परेको स्थिती उल्टाउँदै साविक विजेता इङ्ल्याण्डले लगातार दोस्रोपटक युइएफए महिला युरो च्याम्पियनसिपको उपाधी जितेको छ ।
आइतबार अबेर राती सम्पन्न फाइनलमा अर्को दावेदार र विश्वविजेता स्पेनलाई पेनाल्टीमा हराउँदै इङ्ल्यान्डले उपाधी रक्षा गर्न सफल भएको हो ।
स्वीजरल्याण्डको बासेल शहरमा भएको फाइनलमा निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछी टाइब्रेकरमा इङ्ल्याण्ड विजयी बनेको हो ।
खेलको २५औं मिनेटमा मारिओना कल्डेणन्टीको गोलबाट स्पेनले खेलमा अग्रता लिएपनी त्यो अग्रता पहिलो साफसम्म मात्र जोगाउन सक्यो । दोस्रो हाफको ५७औं मिनेटमा एलेसिया रुसोले इङ्ल्यान्डका लागि बराबरी गोल फर्काएकी थिईन ।
निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल पनि १-१ को बराबरीमा सकिएपछि टाईब्रेकरमा इङ्ल्यान्डले स्पेनलाई ३-१ ले हराउँदै उपाधी रक्षा गर्यो ।