News
शेर्पाको साँघुरो जित र महत्वपूर्ण तीन अंक
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ नवौं चरणको अन्तिम खेलमा सोमबार हिमालयन शेर्पा क्लबले साँघुरो अन्तरको जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको दिनको अन्तिम खेलमा शेर्पाले सातदोबाटो युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । शेर्पाको जितमा अभि राईले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि ९ खेलबाट १४ अंक जोडेको शेर्पा लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित सातदोबाटो भने अझै जितविहीन र अंकविहीन बन्दै पुछारमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा