News मुर्गिया (बी), नमुना (ए) र अस्नैया सेमिफाइनलमा
गोलनेपाल

सुन्दरनगर । मुर्गिया फुटबल क्लब (बी), नमुना युवा क्लब (ए) र अस्नैया फुटबल क्लब रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप सेभेन ए साईड खुला नकआउट फुटबल फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार प्रतियोगिताका अन्तिम तीन क्वाटरफाइनल खेलहरु सम्पन्न भए ।

कञ्चन गाउँपालिका १ स्थित सुन्दरनगर खेलमैदानमा भएको दिनको पहिलो खेलमा मुर्गिया (बी) ले नमुना युथ क्लब (बी) लाई ३–० ले हरायो । मुर्गिया (बी) को जितमा ज्ञानदिप मगरले दुई गोल गर्दा अरुन पुनले थप एक गोल गरे । खेलमा दुई गोल गरेका मुर्गिया (बी) का ज्ञानदिप मगर म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै दोस्रो खेलमा नमुना (ए) ले रानीगंज युवा क्लबलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । नमुना (ए) को जितमा मिलन आले र सुरज चौधरीले गोल गरे । खेलमा नमुनाका गोलकर्ता सुरज चौधरी नै म्यान अफ दि म्याच समेत घोषित भए ।

दिनको तेस्रो तथा अन्तिम क्वाटरफायनलमा अस्नैयाले श्री ठुलीचौर युवा क्लबलाई १–० को अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । अस्नैयाका लागि सन्देश बगालेले एक मात्र निर्णायक गोल गरे । खेलमा अस्नैयाका निर्णायक गोलकर्ता सन्देश बगाले नै म्यान अफ दि म्याच बने ।

प्रतियोगितामा मुर्गिया फुटबल क्लब (ए) ले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ । दुवै सेमिफाइनल खेलहरु साउन १३ गते मंगलबार हुने खेल संयोजक रबिन थापाले जानकारी दिए ।

सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।

 

Post Comments