News दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ कार्तिक १५ देखि
गोलनेपाल

पथरी । दोस्रो पथरी शनिश्चरे गोल्डकप कार्तिक १५ गते देखि २२ गते सम्म संचालन हुने भएको छ । पथरी ११ फुटवल क्लवले आज एक पत्रकार सम्मेलन गर्दै दोस्रो गोल्डकपको मिति तय गरेको हो । प्रतियोगितामा ए डिभिजन क्लव, विभागिय टोलि र अन्तराष्ट्रिय क्लव सहभागि ८ टिम सहभागि हुने आयोजक पथरी ११ का अध्यक्ष सुमन विकले जानकारी दिनु भयो ।

बिधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको पहिलो संस्करणमा ब्रीगेड ब्वाईज क्लब, ललितपुरले संकटा क्लब, काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो । सो संस्करणमा क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार राशी रहेको थियो।

प्रतियोगितामा अनुमानित खर्च ६० लाख लाग्ने आयोजकले बताएको छ । क्लवले प्रतियोगिता सम्पन्न गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आउने सहयोग, मुख्य प्रायोजक, सह प्रायोजक, प्रायोजक, टाईल स्पोन्सर र देश विदेश भित्र भएका संघ संस्थाबाट सहयोग जुटाउने बताएको छ । पथरी शनिश्चरे नगरले देशमै पहिलोपटक पथरी शनिश्चरे ओलम्पिकको सुरुवात गर्दै आएको र फुटवल प्रतियोगिताको गौरवको योजना रहेको गोल्डकप सफल पार्न नगर पनि साथमै रहेको नगर खेलकुद संयोजक दिपक राईले बताए ।

क्लवले प्रथम गोल्डकपबाट १० लाख आम्दानी गरेको थियो । क्लवले सुवात देखि हाल सम्म आई पुग्दाका ठिनाई, सफल्ता र आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । क्लवले प्रतियोगिताका सम्पन्न गर्न मैदान मर्मत तथा घेराबारा गरि झार उमार्ने मार्ने कार्य सुरु गरेको छ ।

पहिलो प्रतियोगितामा ३ लाख र १ लाख ५० हजार रहेको पुरस्कार राशि बढाएर दोस्रो संस्करणमा ५ लाख र दुई लाख ५० हजार पुर्याएको छ । प्रतियोगितामा विधागत तर्फ पनि राशि थप गर्ने पत्रकार संम्मेलनमा जानकारी दिएको छ ।

Post Comments