News महिला लिगमा शनिबारको खेलहरु स्थगित
गोलनेपाल

काठमाडौं । जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितातर्फ शनिबार हुने भनिएको दुई खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साथै माघ १० गते शनिबार हुने भनिएको खेल माघ ११ गते आइतबार हुने समेत एन्फाले जनाएको छ । त्यति मात्र नभएर एन्फाले लिगको बाँकी खेलहरुका लागि नयाँ खेलतालिका पनि सार्वजनिक गरेको छ ।

यद्यपि खेलस्थल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सलाई नै तोकिएको छ भने लिगको अन्तिम खेल यहि माघ २१ गतेकै दिन हुने खेलतालिकामा उल्लेख छ ।

स्मरण रहोस, यसअघिको खेलतालिका अनुसार माघ १० गते पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र वालिङ नगरपालिका स्याङ्जा तथा दोस्रो खेलमा नेपाल एपिएफ क्लब र बिराटनगर महानगरपालिका, मोरङ भिड्ने तय भएको थियो । अब लिगका बाँकी खेलहरु माघ ११ गतेदेखि नयाँ खेलतालिका अनुसार नै हुनेछन् ।

 

Post Comments