काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ शानदार जितका साथ संकटा फुटबल क्लबले आफ्नो शिर्षताको होडलाई कायम राखेको छ ।
बुधबार भएको खेलमा संकटाले त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–१ को अन्तरले हरायो । यो नतिजापछि १२ खेलबाट २५ अंक जोड्दै संकटा दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित आर्मी भने ६ अंकका साथ पुछारतिर १२औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा प्लानिङ ब्वाईज युनाइटेड र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापनि पुछारतिरै रहेको प्लानिङ ब्वाईजको १२ खेलबाट ७ अंक भएको छ भने भगवतीको खातामा ११ अंक छ र ११औं स्थानमा छ ।
त्यसैगरी बुधबार नै भएको अर्को खेलमा एपिएफ फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो बराबरी नतिजापछि १२ खेलबाट २५ अंक जोडेको मनाङ शिर्ष तीन मै छ । उता एपिएफ भने २० अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा