काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार लिगलिडर नेपाल पुलिस क्लब, फ्रेण्डस क्लब र चर्च ब्वाईज युनाइटेडले उत्कृष्ट जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले हिमालयन शेर्पा क्लबमाथि ३–० को जित निकाल्यो । यो जितपछि १२ खेलबाट ३१ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । पराजित शेर्पा भने १४ अंकका साथ दशौं स्थानमा छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा फ्रेण्डसले सातदोबाटो युथ क्लबमाथि ७–२ को फराकिलो जित दर्ता गर्यो । यो जितपछि १२ खेलबाट २५ अंक जोडेको फ्रेण्डस लिगतालिकाको शिर्ष तीनभित्र उक्लिएको छ । पराजित सातदोबाटो भने अंकविहीन रुपमा पुछारमै संघर्षरत छ ।
त्यसैगरी दिनको अन्तिम खेलमा चर्च ब्वाईजले जावलाखेल युथ क्लबमाथि ३–० को जित हात पार्यो । यो जितपछि १२ खेलबाट २३ अंक जोडेको चर्च ब्वाईज शिर्ष तीन कै होडमा फर्किएको छ । उता पराजित जावलाखेलको खातामा भने १६ अंक छ र लिगतालिकाको शिर्ष दशभित्र कायम छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा