काठमाडौ. । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर अभिषेक लिम्बुले बंगलादेशेको शिर्ष फुटबल लिग प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन् ।
अभिषेकले रहमतगंज एमएफएस (मुस्लिम फेण्डस सोसाइटी) का लागि बंगलादेशको शिर्ष फुटबल लिग खेल्ने भएका हुन् । व्यवसायीक फुटबल खेल्न बंगलादेश जाने कुरा अभिषेकले पनि पुष्टी गरेका छन् ।
गोलनेपालसँगको कुराकानीका क्रममा बंगलादेश जाने भएपछि खुशी र उत्साहित देखिएका अभिषेकले भन्छन्, “विदेशी लिगमा खेल्न पाउँदा उत्साहित छु । चुनौतिहरु पनि होलान्, तर क्लबका लागि आफ्नोतर्फबाट सकेको राम्रो नतिजा दिन प्रयास गर्नेछु ।”
साथै अभिषेकले नयाँ सिजनका लागि नियमित अभ्यास र बन्द प्रशिक्षण सेप्टेम्बरमा शुरु हुने बताउँदै क्लब फुटबलका लागि सेप्टेम्बरमा बंगलादेशतर्फ जाने बताए । उनले क्लबसँग एक सिजनका लागि सम्झौता गरेको समेत खुलाए ।
स्मरण रहोस, रहमतगंजले गत सिजन लिगतालिकाको चौथो स्थानमा रहेर सिजनको समापन गरेको थियो । लिग च्याम्पियन बने मोहम्मदन फुटबल क्लब बनेको थियो ।
फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ गत वर्षको चैतमा बहराईन विरुद्ध खेल्ने राष्ट्रिय टोलीका डेब्यु गरेका अभिषेकले क्लब फुटबलमा खुमलटार, संकटा, च्यासलका लागि ए डिभिजन तथा गत सिजनको नेपाल सुपर लिग एफसी चितवनबाट खेलेका थिए । त्यसबाहेक उनले नेपालका विभिन्न क्लबहरुबाट पनि व्यवसायीक फुटबल खेलिसकेका छन् ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान