News
मैदानमा लडे झैं, अब जीवनका लागि लड्दै बिकेन
काठमाडौं । ANFA U-16 Youth League मा APF बाट प्रतिनिधित्व गर्ने होनहार खेलाडी बिकेन खत्री अहिले जीवनको सबैभन्दा ठूलो खेल खेल्दै छन् — बोनम्यारो क्यान्सरसँगको लडाइँ ।
१६ वर्षको कलिलो उमेर मै उत्कृष्ट खेल देखाउने बिकेनलाई अहिले भारतमा Bone Marrow Transplant गर्नुपर्नेछ, जसको खर्च १ करोड २० लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।
घरको आर्थिक अवस्था कमजोर छ, तर उसको हिम्मत अडिग छ। जुन मैदानमा उ डिफेन्डर बनेर टिमको सुरक्षा उभिएको थियो, आज उ आफ्नो जीवनको बचाउ गरिरहेको छ । यो लडाइँ ऊ एक्लै जित्दैन, हामी सबैले साथ दिनुपर्छ ।
बिकेन जस्तो खेलाडीहरू देशको भविष्य हुन् — आज बिकेनका लागि हामी उभिने हो भने, भोलि उसले देशलाई जिताउनेछ । देशका लागि पक्के केही गर्नेछ । आउनुहोस, मिलेर बिकेनलाई साथ दिऔं ।
सहयोग र सम्पर्कका लागि:
रोशन खत्री (बुबा) – ९८४९४२१०३६
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन