News साफ यु–१५ च्याम्पियनसिप : नेपालको यात्रामा पाकिस्तान बाधक
गोलनेपाल

साफ यु–१५ च्याम्पियनसिपमा बिहीबार आयोजक नेपालको यात्रा सेमिफाइनलबाटै समाप्त भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तानसँग ४–० ले हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपालले अब तेसे स्थानका लागि शनिबार भारतसँग खेल्नेछ । त्यस्तै उता उपाधिका लागि भने पाकिस्तानले शनिबार नै बंगलादेशको सामना गर्नेछ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले भारतलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

यता खेल पश्चात नेपालका प्रशिक्षक सनोज श्रेष्ठले आफ्नो टोली शारीरिक रुपमा बलिया प्रतिद्वन्द्वीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए ।

Post Comments