काठमाडौं (एजेन्सी) । आफ्ना पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोर्दै लय गुमाएको नेपाली गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले आइ लिगतर्फ आइतबार बराबरी खेल्दै अंक बाँडेको छ ।
कल्याणी स्टेडियममा भएको खेलमा पञ्जाबले मोहम्मदन स्र्पोटिङ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । स्मरण रहोस, यसअघि पञ्जाबले आफ्ना पछिल्ला दुई खेलहरुमा गोकुलम केरलासँग ४–३ र चर्चिल ब्रदर्शसँग १–० ले पराजित भएको थियो ।
आइतबारको नतिजापछि ४ खेलबाट ४ अंक जोडेको पञ्जाब लिगतालिकाको आठौं स्थानमा छ र लिगलिडर चर्चिल ब्रदर्श भन्दा तीन अंकले पछाडी छ । उता मोहम्मदन भने ६ अंकका साथ तेस्रो स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल सुदेवा दिल्लीसँग कोलकाता स्थित साल्ट लेक स्टेडियममा खेल्नेछ ।
Points shared between @MohammedanSC, @RGPunjabFC
— Hero I-League (@ILeagueOfficial) January 24, 2021
Read 👉 https://t.co/M95IMRvTWY#RGPMDSP ⚔️ #HeroILeague 🏆 #LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/xK6N4Dmx3l
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै