ताप्लेजुङ । सिराहाको सलहेश युवा क्लब भानुजन माविको खेलमैदानमा आयोजित तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । सलहेश दाेस्राे संस्करणकाे उपविजेता टाेली हाे ।
आज भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० गोलले पराजित गर्दै सलहेशले बाजी मारेको हो । जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ र आकर्षक ट्रफी पायो भने चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ ।
सलहेशको जितका लागि सुनिल खड्का र यूसुफ मलिकले गोल गरेका हुन् । दोस्रो हाफमा सुनिलले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा यूसुफले गोल गरेर जितलाई निश्चित गरे ।
फाइनल खेलको प्लेयर अफ दी म्याच सलहेशका सुनिल खड्का भए । उनले नगद ७ हजार पाए । आयोजकका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबका गोलरक्षक सुहाङ लिम्बू राइजिङ प्लेयर बने ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सहलेशका छिरिङ गुरूङ भए । उनले एक थान मोटरसाइकल पाए । सलहेशकै युसुफ मलिक सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक रेम्बो चौधरी, उत्कृष्ट प्रशिक्षक राजिव यादव भए ।
यस्तै, चर्च ब्वाइजका आकाश राई उत्कृष्ट फरवार्ड, उत्कृष्ट रक्षक अभिष्कार खड्का र युवराज ढकाल उत्कृष्ट मिडफिल्डर भए । विधागत पुरस्कार विजेताले जनही १५ हजार र ट्रफी पाए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई