म्याङलुङ । तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा आयोजित नेत्र गुरागाइ स्मृती गोल्डकपमा शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा एपिएफ पकली सुनसरीले चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई पेनाल्टी सुट आउटमा हराउदै अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित समय दुवै टोली एक एक गोलको बराबरी खेलेका थिए ।
पहिलो हाफ निकै उत्कृष्ट खेल पस्किएको चुलाचुलीले रोजिन छेत्रीको सुन्दर गोलमा एक शुन्यको अग्रता बनाएको थियो। दोस्रो हाफको केहि मिनेट नबित्दै अदिप राईले उत्कृष्ट गोल गर्दै एपिएफ सुनसरीलाई खेलमा फर्काउन सफल भएका थिए । एपीएफले दोस्रो हाफ चुलाचुलीलाई दबाबमा राखेपनि बाॅकि समय अन्य गोल हुन नसक्दा खेल एक एकको बराबरीमा टुङ्गिएको थियो ।
पेनाल्टीमार्फत निकालिएको उक्त खेलको नतिजा कुल पाँच पाँच प्रहार हुदा तिनका विरुद्ध चार गोलले एपिएफ पकलीको पक्षमा रह्यो। आइतबार पहिलो सेमिफाइनल खेल कुम्मायक युथ क्लब पाँचथर र ईटहरी फुटबल क्लबबिच दिनको ठिक एक बजे सुरू हुनेछ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि