बगनाशकाली । प्रतिस्पर्धात्मक जितका साथ प्रकृति युवा क्लब यहाँ जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रकृतिले भगवती युवा क्लबमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । कोठीचौर खेलमैदानमा भएको खेलमा प्रकृतिका लागि बिमल बस्नेत र आशिष तामाङले गोल गरे । पराजित भगवतीका लागि भने अन्जन राजनले एक मात्र गोल फर्काएका थिए ।
खेलमा प्रकृति कै सन्तोष नेपाली म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ३ गते मंगलबारको प्रिक्वाटरफाइल खेल योङ ब्वाईज एफसी र सराई एफसीबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।