News
१०औं बुढानिलकण्ठ नगरकप असोज पहिलो सातादेखि
बुढानिलकण्ठ । बुढानिलकण्ठ युवा समाजको आयोजनामा हुन लागेको १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता आगामी २०८२ साल असोज ४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता बुढानिलकण्ठ ५ स्थित बुढानिलकण्ठ स्कुलको खेलमैदानमा आयोजना हुनेछ।
प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न क्लब तथा टोलीहरूको सहभागिता रहने समाजले जनाएको छ। खेललाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्षले जानकारी दिएका छन्।
नगरकपको उद्देश्य स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान र खेलमैत्री वातावरण निर्माण गर्नु रहेको आयोजकले उल्लेख गरेको छ। प्रतियोगिताको बिजेताले नगद २००००० प्राप्त गर्ने नगरकप फुटबल प्रतियोगिता हरेक बर्ष बिजयादशमीको अबसरमा आयोजना हुने गरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै