शनिश्चरे । झापाको अर्जुनधारामा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक गोलधाप युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
'युवाहरुको साझा आवाज, लागूऔषधरहित समाज' भन्ने मुख्य नारासहित यही भदौ २७ गतेदेखि दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता हुने क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष राईले बताए ।
असोज ६ गते सम्पन्न हुने प्रतियोगिताको प्रथम पुरस्कार मचिन्द्र सुब्बाका परिवारबाट सौजन्य हुने उनका भाइ एवम् अर्जुनधारा नगरसभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिए ।
असोज ६ गते सम्पन्न हुने प्रतियोगिताको प्रथम पुरस्कार मचिन्द्र सुब्बाका परिवारबाट सौजन्य हुने उनका भाइ एवम् अर्जुनधारा नगरसभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिए ।
स्थानीय नमूना खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकले जनही नगद पुरस्कार दुई हजार पाँच सय तथा प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद एक हजार पाउने छन् ।
४० वर्षमाथि उमेर समूहका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा तीन जना भने ३५ वर्षमाथि उमेर समूहका खेलाडी सहभागी हुनसक्ने बताइएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा