News
तेस्रो बेलका गोल्डकपको मिति पर्यटकीय बोप्ताङ डॉडाबाट सार्वजनिक
बेलका । उदयपुरको बेलकामा ब्रदरहुड फुटबल क्लबको आयोजनामा तेस्रो बेलका गोल्डकप असोज २५ गते देखि कार्तिक ३ गते सम्म सन्चालन हुने भएको छ ।
शनिबार बिहान बेलका नगरपालिका – ८ स्थित पर्यटकीय क्षेत्र बोप्ताङ डाँडामा आयोजित कार्यक्रममा ब्रदरहुड फुटबल क्लबले समय तालिका घोषणा गरेको हो । खेलहरू बेलका-६ लेकाली खेलमैदानमा हुनेछन् ।
प्रतियोगितामा विजेता टोलीले रु. २,२२,२२२ र उपविजेताले रु. १,११,१११ नगदसहित पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
लोगो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीको विशेष उपस्थिति रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताको घोषणा बोप्ताङ डाँडाबाट गर्नुको उद्देश्य खेलकुदसँगै बेलकाको पर्यटन प्रवर्द्धन गर्नु क्लबका अध्यक्ष रविन तामाङले बताए ।
यसैबीच पछिल्लो समय टिकटकमार्फत चर्चित बनेको बोप्ताङ डाँडा वरपर फोहोर बढेपछि सरसफाइ समेत गरिएको थियो ।

Post Comments