खेबाङ । ताप्लेजुङमा ‘खेवाङ खेलकुद महोत्सव-२०८२’ सञ्चालन हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको खेबाङमा आगामी असोज ३० गतेदेखि कार्तिक ३ गते सम्म उक्त महोत्सव सञ्चालन हुने भएको हो ।
खेवाङ स्पोर्टीङ क्लबको आयोजनामा सञ्चालन हुने महोत्सवमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सँगै हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने खेवाङ स्पोर्टीङ क्लबका अध्यक्ष बिनम माबो लिम्बूले बताए । उनका अनुसार म्याराथनका लागि २२ किलोमिटरको दूरी निर्धारण गरिएको छ ।
जसमा धावकहरू खेबाङ स्पोर्टीङ क्लबको खेलमैदानबाट दौडेर एकचना भन्ज्याङ हुँदै लुङथुङ–त्याम्फू–टावाटार–मानेडाडा–जहाने गाउँबाट फेरी खेलमैदान आइपुग्नु पर्ने छ । प्रतियोगिताहरूको पुरस्कार राशि र खेलमा सहभागी टिम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने अध्यक्ष माबोको भनाई छ ।
महोत्सवमा फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरेको हो । सांस्कृतिक कार्यक्रम तर्फ धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) सँगै खेबाङको मौलिक नाच सरदेवी नाच प्रस्तुत गरिने छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई