काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ दोस्रो लेगको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग बराबरी खेल्दै प्रतियोगिताको समापन गरेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल दोस्रो जितबाट बञ्चिन हुन पुग्यो ।
चाङलिमिथाङ स्टेडियममा भएको खेलको १५औं मिनटमा बबिता कार्कीको गोलबाट नेपालले खेलमा अग्रता बनाए पनि त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुगेको थियो । पहिलो हाफ कै अतिरिक्त समयमा सोनाम याङचेनले भुटानका लागि बराबरी गोल गरिन् । र, त्यही १–१ को नतिजा अन्तिम नतिजा बन्यो ।
नेपालले भुटान विरुद्धको पहिलो लेगको खेलमा भने २–१ को जित निकालेको थियो । जुन प्रतियोगिताभरि नेपालको एक मात्र जितका रुपमा रह्यो । यो नतिजापछि ६ खेलबाट ४ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा रह्यो भने २ अंकका साथ भुटान पुछारमा रह्यो ।
हारका बावजुद भारत च्याम्पियन
त्यस्तै आइतबार नै भएको अर्को खेलमा भारतले हारका बावजुद उपाधि जित्न सफल भयो । आफ्नो अन्तिम खेलमा बंगलादेशससँग भारतले ४–३ को हार बेहोरे तापनि शिर्ष स्थानमा रहेर विजेता बन्न सफल भयो । ६ खेलबाट १५ अंक जोडेको भारत शिर्ष स्थानमा रहेर विजेता बन्दा १३ अंकका साथ बंगलादेश दोस्रो स्थानमा रह्यो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल