News
फराकिलो जितका साथ एपिएफ सेमिफाइनलमा
सिमरा । उपाधिको दावेदार मानिएको एपिएफ फुटबल क्लब यहाँ जारी नेपोभिट जितपुरसिमरा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा भएको क्वाटरफाइनलतर्फ एपिएफले धरान सिटी फुटबल क्लबलाई १३–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा एक्लैले पाँच गोल गरेकी एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयर अफ दि म्याच बनिन् ।
सिमरा भेट्रान्स क्लब, जितपुरसिमराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News