News आत्मा पवित्र सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली
गोलनेपाल

इटहरी । आत्मा पवित्र एससी, इलाम, सुनसरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ आत्मा पवित्रले धनकुटा जिल्ला फुटबल संघ, धनकुटालाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आत्मा पवित्रको जितमा वर्षा ओलीले ह्याट्रिक गरिन् । त्यस्तै थप दुई गोल कल्पना जिम्बा र बिमला चौधरीको नाममा रह्यो । खेलमा ह्याट्रिककर्ता वर्षा ओली प्लेयर अफ द म्याच बनिन् ।

प्रतियोगिता अन्तर्गत असार १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल फेयर फुटबल क्लब, सुनसरी र सृजनशील महिला फुटबल क्लब, तेह्रथुमबीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।

 

Post Comments