News
साफ क्लब महिला च्याम्पियनसिप आधिकारिक रुपमै हुने तय, मिति पनि घोषणा
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसै वर्षदेखि आयोजना गर्ने भनिएको साफ क्लब महिला च्याम्पियनसिपको आधिकारिक रुपमै घोषणा सहित आयोजना हुने तय गरिएको छ ।
साथै आयोजक साफले प्रतियोगिताको मिति र सहभागि क्लबहरुबारे पनि घोषणा गरेको छ । साफका अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ५ देखि २० तारीखसम्म नेपालमा हुने तय भएको छ ।
प्रतियोगितामा दक्षिण एसियाका कुल पाँच महिला फुटबल क्लबहरुले सहभागिता जनाउने छन् । जसमा नेपालबाट एपिएफ, भारतमा इस्ट बंगला, बंगलादेशबाट नसरि स्पोर्टस एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानबाट कराची सिटी फुटबल क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा माल्दिभ्स र श्रीलंकाको टोली भने सहभागि छैनन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न