News सहारा क्लबमा थापा नै सर्वसम्मत
उमेश पुन

पोखरा । मोफसलको फुटबलमा उदाएर अन्तर्राष्ट्रियस्तर मै परिचित सहारा क्लब, पोखराले थप दुई वर्षका लागि केशव बहादुर थापा कै नेतृत्व पाएको छ । क्लबको १४औं अधिवेशन तथा २७औं साधारण सभाले थापालाई थप दुई वर्षका लागि सर्वसम्मत अध्यक्षमा तयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पुर्ण बहादुर गुरुङ र उपाध्यक्षमा बिनु राना मगर रहेका छन् । महासचिवमा गंगाराज पौडेल छन् भने सचिवमा ज्ञानेन्द्र गुरुङ रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा लिल बहादुर थापा छन् भने सह–कोषाध्यक्षमा बिष्णु गुरुङ रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोजिना गुरुङ, अम्मरराज भण्डारी, प्रमिला घले, विजय गुरुङ, शैलेस गुरुङ र ज्योति केसी चयन भएका छन् ।

स्मरण रहोस, सहारा क्लबले पोखराको दोबिल्लामा आफ्नै व्यवस्थापनमा फुटबल एकेडेमी सञ्चालन गरेर विपन्न बाल खेलाडीहरुलाई निःशुल्क खाना, आवास र शिक्षासहित फुटबल प्रशिक्षण दिंदै आएको छ ।

साथै क्लबले वार्षिक रुपमा नेपाल कै प्रतिष्ठित मध्ये एक पोखरा गोल्डकपको आयोजना समेत गर्दै आईरहेको छ ।

Post Comments