News इलेभन एरोजद्वारा फुटबल वितरण
गोलनेपाल

दुहबी । सुनसरीको दुहबीमा हुन गईरहेको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने वडाहरुलाई इलेभन एरोज क्लब, दुहबीले फुटबल हस्तान्तरण गरेको छ । प्रतियोगितामा सहभागिता जनाउने १२ वडाहरुलाई २–२ थानका दरले कुल २४ थान फुटबल एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।

सो बलहरु दुहबी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदारले सहभागी वडाका प्रतिनिधीहरुलाई हस्तान्तरण गरे । प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुलाई तयारी गर्न थप केही सहज र प्रोत्साहन मिलोस भन्ने उद्देश्यले फुटबल हस्तान्तरण गरिएको इलेभन एरोज क्लबका अध्यक्ष दिपक राईले बताए ।

“खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ यहि माघ १७ गते शनिबारदेखि शुरु हुन गईरहेको तेस्रो मेयर कपमा दुहबी नगरपालिका भित्रका १२ वडाका टिमहरुले सहभागिता जनाउँदैछन् । श्री सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल आउँदो माघ २८ गतेका दिन हुँदैछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राईले बताए ।

Post Comments