News सहज जितका साथ वडा नम्वर २ लाई उपाधि
गोलनेपाल

काठमाडौं । वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

वडा नम्बर २ ले टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ लाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । वडा नम्बर २ का लागि पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएका थिए ।

६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्वर २ को अग्रता दोब्बर पारे । ७३औं मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्वर २ को जित सुनिश्चित गरे ।

विजेता बनेको वडा नम्बर २ ले उपाधिसँगै ७० हजार हात पार्यो भने उपविजेता वडा नम्बर ८ ले ३५ हजारमा चित्त बुझायो ।

अनिल सर्वोत्कृष्ट खेलाडी

प्रतियोगितामा वडा नं ८ का अनिल थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । वडा नम्वर २ का सन्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्वर १ का सागर डगोंल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्वर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सब्ैले जनही ३–३ हजार रुपैया प्राप्त गरे । प्र्रतियोगितामा वडा नम्वर ६ अनुशाासित टोली बन्यो । विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला , नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, आयोजक एसडि ९९ स्र्पोटस कर्नरका अध्यक्ष सुजन दुलाल लगायतले पुरस्कृत गरे ।

यहि ५ माघदेखि शुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।

Post Comments