News मोरङमा प्रथम आहाले कप शुरु
गोलनेपाल

केराबारी । प्रथम आहाले कप फुटबल प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा युनाइटेड आहाले ए ले बिजयि सुरुवात गरेको छ । आहालेले मोरङ थन्डसलाइ ४–० ले हराउदै क्वाटरफाइनल मा प्रबेस गर्यो । युनाइटेड आहालेको लागि पदम भुजेलको २ गोल, कबिन्द्र लिम्बु र युगल लिम्बुले समान एक एक गोल गरे ।

खेलको player of the match युगल मगर भए । आइतबार नै भएको दोस्रो खेलमा डागि फुटबल क्लबलाइ ५-१ ले हराउदै सिद्धार्थ युवा क्लब पनि क्वाटरफाइनल मा प्रबेस गर्यो ।

सिद्धार्थको लागि बिष्णु सुनुवार, सन्दिप लिम्बुले समान २–२ गोल गरे भने थप एक गोल सोनामको नाममा रह्यो । उता पराजित टोलिको लागि एक मात्र सान्त्वना गोल सुजन बिकले गरेका थिए । खेलको player of the match सोनाम मगर भएका थिए ।

 

Post Comments