News
बिरगंज फाइनलमा, उपाधिका लागि जनसेवीसँग भिड्ने
बटेश्वर । बिरगंज युनाइटेड, पर्सा यहाँ जारी १३औं बनदेवी माई अध्यक्ष गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा बिरगंजले धनुषा जिल्ला फुटबल संघलाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । बिरगंजको जितमा अभिषेक चौधरीले दुई गोल गर्दा थप एक गोल सागर थारुले गरे । खेलमा दुई गोल गरेका बिरगंजका अभिषेक चौधरी म्यान अफ दि म्याच बने ।
बिरगंजले अब यही कार्तिक ११ गते हुने फाइनलमा जनसेवी फुटबल क्लब, बर्दिबासको सामना गर्नेछ ।
बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।

Post Comments