News ताप्लेजुङः मेरिङदेन कपमा उपाधिका लागि जनसेवा र साथिभाई भिड्ने
गोलनेपाल

खाम्लु । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुइ टोलीको टुङगो लागेको छ ।

कार्तिक १२ गते हुने फाइनलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसाघु ताप्लेजुङ र साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङ बिच उपाधि भिडन्त हुनेछ ।

पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा जिरिखिम्ति युथ क्लब तेह्रथुमलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघु प्रतियोगिताको फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी र पेनाल्टि सुट आउटमा पनि चार चार गोलको बराबरी भए पछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।

त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङले गणेश चोक टिम पॅाचथरलाई १-० गोलले पराजित गर्दै फाइनलमा जनसेवा संगको भेट पक्का गरेको हो । साथिभाईको जितका लागि अनुप सेन्दाङले गरेको गोल नै निर्णाय गोल बन्यो ।

Post Comments