घोघिदाहा भवानीपुर । झुम्का फुटबल क्लब, सुनसरी यहाँ जारी ४४औं जनचेतना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा झुम्काले गोलबजार स्पोर्टस क्लब, सिरहालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । झुम्काको जितमा मणि मगर, रोशन राई र प्रदिप बिकले गोल गरे । उता पराजित गोलबजारका लागि भने आकाश राईले एक मात्र गोल गरेका थिए ।
खेलमा झुम्काका उमेश कार्की म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक १२ गते बुधबारको चौथो क्वाटरफाइनल खेल आयोजक महुली ११ स्पोर्टस क्लब, सप्तरी र बिराटनगर स्पोर्टस एकेडेमी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १६ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा