खाम्लुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा सम्पन्न पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबल प्रतियोगिताको उपाधि साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङले हात पारेको छ ।
पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघुलाई पेनाल्टि सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै साथिभाइले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
उपाधिसंगै साथीभाई युवा क्लबले १ लाख ५१ हजार १८२ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको जनसेवाले ८१ हजार १८२ सहित ट्रफिमा चित्त बुझाउॅनु पर्यो। फाइनल खेलको म्यान अफ दि म्याच साथिभाइका भाइचुङ शेर्पा घोषित हुँदै् एक हजार प्राप्त गरे ।
प्रतियोगिताको बेस्ट गोल रक्षक साथिभाइका रोशन नेपाल,वेष्ट डिफेन्डर साथिभाइका सुनियोजित लिम्बु, वेस्ट प्लेयर जनसेवाका दिपेश लिम्बु,हाइ स्कोरर नवज्योती युवा क्लब मेरिङदेनका सन्त लिम्बु,वेस्ट फर्वाड जनसेवाका सबिन तामाङ र वेष्ट मिडफिल्डर जनसेवाका शिशिर राइ घोषित भए । उत्कृष्ट सबैले एक एक हजार सहित ट्रफि प्राप्त गरे ।
दिपावलीको अवसरमा पृथ्वी तथा लेस्नमाया स्मृती युवा क्लबले कार्तिक ७ गते देखि आयेजना शुरू गरेको प्रतियोगिता कार्तिक १२ गते भव्यताका साथ सम्पन्न भएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई