केराबारी । खदम फुटबल क्लब र सिद्धार्थ युवा क्लब यहाँ जारी प्रथम आहाले कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।
पहिलो क्वाटरफायनलतर्फ खदमले आयोजक युनाइटेड आहाले युथ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । खदमको जितमा सुजन बलम्पाकी मगरले एक मात्र निर्णायक गोल गरे । खदमका निर्णायक गोलकर्ता सुजन बलम्पाकी मगर नै म्यान अफ दि म्याच बने ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा सिद्धार्थले बिशाल फुटबल क्लबले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सिद्धार्थ विजयी बनेको हो । खेलमा सिद्धार्थका भक्त परियार म्यान अफ दि म्याच चुनिए ।
युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ । प्रतियोगितामा १६ टोलिको सहभागिता रहेको छ ।