काठमाडौं । नेपाली राष्ट्रिय एम्पुटी फुटबल टिम यातायात हवाई भाडा र इन्ट्री फिस ४५ सय डलर तिर्न नसक्दा नेपाली एम्पुटी राष्ट्रिय फुटबल टिम आगामी वर्षमा हुने विश्वकप २०२६ एसिया क्वालिफायर खेल खेल्नबाट बन्चित भएको छ।
नेपाली राष्ट्रिय एम्पुटी फुटबल टिमले बंगलादेशको राजधानी ढाकामा रहेको "बसुन्धरा किङ्स" खेलमैदान प्रथम एसियन च्याम्पियनसिप २०२५ फेब्रुअरी ७ देखि १३ सम्म नेपाल, बंगलादेश, इन्डोनेशिया, इराक र उज्वेगिस्तान गरि ५ देशको सहभागीता रहेको थियो।
नेपाली एम्पुटी राष्ट्रिय फुटबल टिमले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी स्वयंले व्यक्तिगत भाडा हालेर बंगलादेशमा आयोजना भएको प्रथम एसियन च्याम्पियनसिप २०२५ खेल्न गएको थियो।
सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको लिग खेल तेस्रो राष्ट्रिय एम्पुटी फुटबल प्रतियोगिता २०८१ हो। अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने एम्पुटी फुटबल हो जसमा एउटा खुट्टा भएका व्यक्तिले अगाडि खेल्ने र एउटा हात नभएका व्यक्तिले गोलरक्षक खेल्ने गर्छन्।
खेलकुद जगतका सर्वोच्च निकाय भनाउँदाहरुले समेत कुनै किसिमको चासो नदेखाउदा विश्वकप २०२६ छनौट खेल खेल्नबाट नेपाल पन्छिन पुगेको हो। खेलकुद क्षेत्रका ठुला निकाय राष्ट्रिय खेलकुद परिषद, नेपाल पारा ओलम्पिक कमिटी लगायतले प्रस्तावना पेश गर्दा समेत कुनै किसिमको चासो नदेखाएको खेलाडीको समेत गुनासो समेत रहेको छ। आर्थिक अभावको कारणले नै नेपालको राष्ट्रिय टिम सहभागी हुनबाट रोकिएको हो।
एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्ली बहादुर बिष्टले पहिलो पटक एसियन च्याम्पियनसिप खेलाडीको आफ्नै बलबुताले खेलेको तर अहिले यो विश्वकप छनौट खेल खेल्नबाट रोकिन पुग्दा दुखित भएको बताए।