News एन आर टि काठमाडौंको जितमा झापा ११ पहिलो खेलबाटै बाहिरियो
गोपाल काफ्ले

पथरी । नवयु्ग श्रेष्ठ र पुजन श्रेष्ठ टाइब्रेकरमा चुक्दा पहिलो चरणवाटै झापा ११ लाई बाहिरीएको हो । एन आर टि काठमाडौं `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को अन्तिम चारमा प्रबेश गरेको छ ।

एन आर टि काठमाडौंको विजयीमा झापा ११ पहिलो खेलबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम क्वाटर खेलमा एन आर टि काठमाडौंले झापा ११ लाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

अर्मीका ३ खेलाडी सहित झापा ११ मैदान प्रबेश गरेको थियो । एन आर टिको डिफ्रेन्सका अगाडी एन आर टि बाट मैदानमा उत्रिएका आर्मीका बिमल पाण्डे नबयुग र निरज चौधरीको केहि लागेन । निक्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टोलिबाट निर्धारित समयमा पाएको सुनौलो अवसरमा गोल गर्न नस्का खेल ट्राईब्रेकरमा पुग्यो । टाईब्रेकरमा नवयु्ग श्रेष्ठ र पुजन श्रेष्ठ चुक्दा एन आर टि विजयी भएको हो ।

ट्राईब्रेकरमा झापाका प्रदिप बुडाथोकी र प्रेम तामाङ्गले मात्रै गोल गरे भने नवयुग श्रेष्ठ र पुजन श्रेष्ठको प्रहार एन आर टिका गोर रक्षक प्रमोजय गच्छेदारले रोकेका थिए । एन आर टि का सरोज घिसिङ्ग,सनम लिम्बु,रोहन खडगी र आकाश राईले गोल गर्दा असिम राईको प्रहार झापाका गोल रक्षक सन्दिप लिम्बुले वचाए ।

खेलको म्यान अफ दि म्याच एन आर टिका गोल रक्षक प्रमोजय गच्छेदार धोषित हुदै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोलि बुधबार हुने पहिलो सेमिफाईन खेल सलहेस सिराहा र पाँचथर बिच हुने छ । बिहिबार दोश्रो सेमिफाइनलमा आयोजक पथरी ११ फुटबल क्लब र एन आर टि विच हुने छ ।

Post Comments