पथरी । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को अवसरमा पथरी शनिश्चरे १ मा रहेको शिव वत्रालयले आयोजक टिमका पथरी ११ का फुटवल खेलाडी टिमलाई कोट, पेन्ट, सट उपाहार गरेको छ । शिव वत्रालयले यो सहयोग उपहारले खेलाडीमा मनोवल बढेको गोल्डकपका अध्यक्ष सुमन विकले जानकारी दिए ।
शिव वत्रालयले १८ खेलाडी १/१ कोच र म्यानेजर गरि २० जनालाई १ लाख ६० हजार बराबरको सुट उपहार गरेको हो । मंगलबार फोटो सुटमा चिटिक्क सजिएर खेलाडीहरु हर्सित मुद्रामा थिए । हाम्रो सानो सहयोगले खेलाडी, मेनेजमेन्ट टिमलाई एकताको सुत्रमा बाध्न सहयोग हुने भएकाले नयाँ र फरक सहयोगको सुरुवात गरेको शिव वत्रालयका संचालक खगेन्द्र भट्टराईले बताए ।
पथरी ११ फुटवल क्लव पथरीमा जारि `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को आयोजक टिम हो । उसले ब्रिगेड ब्वाईज ललितपुरलाई हराउदै दोस्रो चरण पार गरेको छ । बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा पाँचथरलाई जिते फाईनलको यात्रा तय गरेने छ । यस प्रतियोगिताको उपाधि चुम्ने लक्ष्य राखेको टिमलाई शिव वत्रालयको यो उपहारले उच्च मनोबल र एकताको सुत्रमा बाधिएर खेल्ने हौसला मिलेको छ ।