हेटौडा । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रवार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हरायो । खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । उज्ज्वल राईले एक गोल गरे । देउरालीका विशाल तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए ।
अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबका बिचमा १–१ गोलको बराबरी भयो । विजयका लागि अरुण थापा तथा चित्लाङका लागि विजय खड्काले गोल गरे । २ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ ।
सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)